
तिलोत्तमा, २८ मंसिर २०७९। तिलोत्तमा नगरपालिका,रुपन्देहीले आर्थिक बर्ष ०७९/८० को नीति,योजना तथा कार्यक्रमको प्रथम चौमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। नगरले आफ्नै सभाहलमा आयोजना गरेको समिक्षा कार्यक्रममा नगर प्रमुख, उपप्रमुख सहित वडा अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्य, नगरसभा सदस्यहरू, बिषयगत शाखा अन्तर्गतका सम्पुर्ण शाखाहरूबाट प्रमुख तथा प्रतिनिधिहरु, वडा सचिवहरुको उपस्थितिमा प्रथम चौमासिक प्रगति प्रस्तुत गरिएको थियो । प्रथम चौमासिक समिक्षामा नगरले २५ प्रतिशत कार्य योजना अनुरुप सम्पन्न गरेको प्रतिबेदन उल्लेख छ।
सो समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले नगरपालिकाको समग्र बिकासका लागि कर्मचारी र जनप्रतिनिधी मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो। उहाँले एक सिक्काका दुईपाटा बनेका कर्मचारी र जनप्रतिनिधिले जनताको सेवकको रुपमा छिटो छरितो, बिश्वशनिय तरिकाले समयमै कार्य सम्पादन गरेमा मात्र जनप्रतिनिधीको चाहना र देशको समृद्धिको खुड्किलो पुराहुने कुरा बताउनुभयो। सोहि कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले जनप्रतिनिधि र कर्मचारीले कुनै पनि बिलम्ब नगरी जनताको सेवामा कुनै कसर बाँकी नराखी छिटो छरितो र स्तरिय सेवा दिन र हरेक योजना र बिकास निर्माणका कार्य सम्पादन समयमै गर्नु पर्ने जिकिर गर्नुभयो। उहाँले जनप्रतिनिधी एक्लै र कर्मचारी एक्लैले मात्र चाहेर कुनै पनि काम अगाडी नबढ्ने हुँदा सबैको सल्लाह सुझाव र अग्रसरतामा निश्चित समयमै कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो।
सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरको समृद्धिका लागी सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले नगरका हरेक गतिबिधिलाई बिकाससंग जोड्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारी नङ र मासु भएकाले मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो। नगरका सबै वडा अध्यक्ष कार्यपालिका सदस्य, वडा सचिव,कर्मचारीलगायतको प्रतिनिधिमुलक उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कार्यालयको प्रथम चौमासिकमा भए गरेका समग्र बिकास योजना र बजेटका सम्पन्न योजना र नगरपालिकाले दिदै एको र थप सेवा प्रबाहको अबस्थाबारे सचित्र प्रस्तुत गर्नुभएको थियो। नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रशासन योजना तथा अनुगमन शाखा अधिकृत माधव प्रसाद पोखरेलले गरेका थिए ।
कमेन्ट गर्नुहोस्