लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका कर्मचारीमाथि भएको हातपातको सर्बत्र बिरोध,दोषीलाई सार्बजनिक मुद्धा

IMG

तिलोत्तमा, २६ मंसिर २०७९। तिलोत्तमामा कार्यकक्ष भित्रै कर्मचारी कुटिएको भन्दै सर्बत्र विरोध भएको छ। विभिन्न कर्मचारी संगठनले सो घटनाको भ्रत्सना गरेको छ। आफुले किनेको ५ धुर जग्गामा घर निर्माण गरि सम्पन्न लिइसकेका तिलोत्तमा-७ का खिमानन्द काफ्लेले खालि जग्गा सहित ६ धुरमा घर बनाउन नपाएकोप भन्दै नगरपालिकाका अमिन पदमा कार्यरत इश्वरी भण्डारीमाथि कार्यकक्षमै हातपात गरेका थिए।  प्रत्यक्ष दर्शीका अनुसार साधारण भनाभन पनि नभएको सो घटनाको शुरुवातमै एक्कासी हातपात गरेको एक सेवा ग्राहिले बताए।  हातपातको प्रतिकारमा न उत्रिएका पिडित भण्डारीलाइ पुन: आक्रमण गर्न लागे पछि भने अन्य सेवा ग्राहिले छुट्याएका थिए। ५ धुर जग्गा किनी घर निर्माण गरि ४ बर्ष अगाडी सम्पन्न लीईसकेको भएपनि ६ धुरामा घर बनाउन नपाएको भन्दै कानुन मिचेर कर्मचारीमाथि सार्बजनिक स्थानमै हातपात गरेको भन्दै नेपाल निजामती कर्मचारी संगठनले समेत विरोध जनाएको हो । 


सो घटनालाई लिएर सोमबार तिलोत्तमा नगरपालिका कार्यालयमा बिरोध स्वरुप पेनडावन गरि कामकाज ठप्प पारिएको थियो। कर्मचारीले न्याय नपाए सम्म सो बिरिध रहने भन्दै सम्पूर्ण कर्मचारीले बिरोध जनाएका थिए।आइतबार दिउँसो ३ः२० बजेको समयमा तिलोत्तमा नगरपालिका वडा नम्बर ७ निबासी खिमानन्द काफ्लेले हातपात गरेका हुन् । उनको लालपुर्जामा ५ धुर जग्गा रहेको तर ६ धुर उपभोग गर्दै आएकोमा नगरपालिकाले ५ धुरमा मात्र घर बनाउन दिएको थियो । तर काफ्लेले आफ्नो घर सानो भएकोले ६ धुरमै बनाउन अनुमति नदिएको विषयमा हात पात गरेको नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले जनाएको छ । संगठनले आइतबार विज्ञप्ती निकालेर भण्डारीमाथि हातपात गरी घाइते बनाएको घटनाप्रति निन्दा एवं भ्रत्सना गरेको छ ।


संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल र सचिव जीवन पौडेलद्वारा जारी विज्ञप्तीमा कर्मचारीको कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्दै कार्यसम्पादनको उचित वातावरणको लागि आवाज उठाइरहेको अवस्थामा कार्यस्थलमै आपराधिक घटना हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ । साथै विज्ञप्तीमा आपराधिक घटनामा संलग्न व्यक्तिमाथि कारवाहीको माग गर्दै घाइते भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण मिलाउन समेत संगठनले माग गरेको छ ।यसैबीच उक्त घटनाप्रति तिलोत्तमा नगरपालिका अन्तर्गतका वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले आपत्ति प्रकट गरेका छन् । उनीहरुले घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरेका छन् ।


कर्मचारी एशोसिएशनको ध्यानाकर्षण

नेपाल नगरपालिका कर्मचारी एशोसिएशनले तिलोत्तमा नगरपालिकामा कार्यरत अमिन पदमा कार्यरत इश्वरी भण्डारीमाथि कार्यकक्षमै भएको हातपातको ध्यानाकर्षण भएको जनाएको छ। साथै अपराधिक गतिविधिमा संलग्न व्यक्ति उपर कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न र कार्यस्थलको सुरक्षा प्रत्याभुति दिलाइ कर्मचारीलाई उच्च मनोबलकासाथ काम गर्ने वातावरण मिलाउन माग गरेको छ ।


‘यस्ता अपराधिक गतिविधिमा संलग्न व्यक्ति उपर कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न र कार्यस्थलको सुरक्षा प्रत्याभुति दिलाइ कर्मचारीलाई उच्च मनोबलकासाथ काम गर्ने वातावरण मिलाउन जोडदार माग गर्दै पिडित कर्मचारी प्रति सहानुभुती प्रकट गर्दछौं घाइते हुनुभएका अमिन ईश्वरी भण्डारीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्ता अपराधिक प्रवृति बिरुद्ध एकजुट हुन समेत सम्पुर्ण कर्मचारीहरुमा आह्वान गर्दछौं ।’- महासचिव सितुप्रसाद श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


कमेन्ट गर्नुहोस्