लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा १ दिने सुचना प्रविधि सम्बन्धि तालिमको पहिलो चरण शुरु

IMG

तिलोत्तमा, २०७९ मङ्सिर २६ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि र टोल बिकाश संस्था, एबम अन्य सरोकारवालाहरुका लागि प्रतिनिधिमुलक १ दिने सुचना प्रविधि सम्बन्धि तालिम सम्पन्न वडा वडामा शुरु भएको छ ।क्षमता विकासका लागि सुचना प्रविधि र पञ्जिकरण व्यवस्थापन गर्ने उदेश्यका साथ तालिमकाे आयाेजना गरिकाे तिलोत्तमा नगरपालिकाका सुचना प्रबिधि अधिकृत इन्जिनियर सुदिप ढकालले वताउनु भएको छ।


नगरका सम्पूर्ण हरेक गतिविधि तथा अनलाइन प्रणालीमा भएका क्रियाकलाप परेकाे वेला तथ्यांक जस्ताको तस्तै फेरिस्त आउन र देखाउनकाे लागि समेत जरुरि रहेको भन्दै नगरका १७ वटै वडामा कार्यरत कर्मचारी, जनप्रतिनिधि, वडा अध्यक्ष, विषयगत शाखाका प्रमुख,टोल बिकाश संस्था, एबम अन्य सरोकारवालाहरुलाई तालिम दिइएको नगरपालिकाका सुचना प्रबिधि अधिकृत इन्जिनियर सुदिप ढकालले वताउनु भएको छ ।


सञ्चार मैत्री र प्रविधिको याे युगमा ईन्टरनेट ज्ञानको आवश्यकता टड्कारो रहेकाेले र नगरका सबै नागरिकको सहज र सरल सेवा प्रवाहका लागि यस्तो खालको तालिमको आयोजना गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जानकारी दिनु भएको छ । १ दिने तालिमबाट सबै तालिम लिनुभएका नगर बासीहरुले आ आफ्नो टोल छिमेकमा सो सम्बन्धि जानाकारी गराई सेवा प्रवाहमा सहजता थपिदिने बिश्वास गर्दै  नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्यालले पहिलो चरणको यस तालिम पछि पनि प्रविधिमा आधारित थाम तालिम उपलब्ध गराइने र हरेक वडालाइ प्रविधिमय कामकाज हुने विश्वास गर्न सक्ने वनाएको जनाउनुभएको छ ।


पेपरलेश नगरको परिकल्पनामा अघि बढेको नगरपालिकामा अनलाइन मार्फत सिफारिस, भुक्तानी, घर नक्सा पास , स्थानीय तहमा पञ्जिकरणकाे सफ्टवेयरकाे प्रयोगात्मक अभ्यास,सैन्द्धान्तिक कुरा,पञ्जिकरण सुचना,नगरमा सुचना प्रविधि प्रयोग र समस्याका विषयमा प्रशिक्षणमुलक तालिम दिइएको थियो । तिलोत्तमा नगरपालिका नगर वडा नम्बर ७ र ८ मा आज भएको तालिममा वडा नम्बर ७ का अध्यक्ष देवीराम पंगेनी तथा वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलकाे अध्यक्षतामा सम्पन्न भएको थियो।


सो तालिम क्रमि अनुसार हरेक वडामा हुने  सुचना प्रबिधि अधिकृत इन्जिनियर सुदिप ढकालले वताउनु भएको छ । तालिममा नगरपालिकाका  सुचना प्रबिधि अधिकृत ढकाल सहित वडा नम्बर ८ का सचिव शिवु पाण्डे, वडा नम्बर ७ का सचिव अनिता गुरुङ,सुचना प्रबिधि शाखामा कार्यरत युवराज तिवारी, मोहन न्यौपाने, अमृत लम्साल, सागर भण्डारी, सुरज पाण्डे लगायतले तालिमकाे सहजिकरण गर्नु भएको थियोे । याे तालिम निकै उपलब्धिमुलक रहेको सहभागीले वताएका छन् ।यसबाट  अनलाइन मार्फत सिफारिस, भुक्तानी, घर नक्सा पास , स्थानीय तहमा पञ्जिकरणकाे सफ्टवेयरकाे प्रयोगात्मक अभ्यास,सैन्दान्तिक कुरा,पञ्जिकरण सुचना,नगरमा सुचना प्रविधि प्रयोग र समस्याका विषयमा स्पस्ट हुने र कामकाजमा सहजता हुने जनाईएकाे छ ।







कमेन्ट गर्नुहोस्