तिलोत्तमा, २०७९ मङ्सिर २२ गते । मधवलिया सामुदायिक सिकाइ केन्द्र तिलोत्तमा-१५ को आयोजना तथा तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ को सहयोगमा महिलाहरुका लागि ५ दिने आत्मबल वृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ । गत मङ्सिर १८ गते देखि संचालित तालिम मधवलिया सामुदायिक सिकाइ केन्द्र तिलोत्तमा-१५ का अध्यक्ष कुम कुमारी गुरुङको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ का कार्यबाहक अध्यक्ष क्षितिजा पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । मधवलिया सामुदायिक सिकाइ केन्द्र तिलोत्तमा-१५ को आफ्नै भवनमा भएको तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले तालिममा सिकेका कुरा व्यवहारमा लागु गरे मात्र तालिम लिएको सार्थक हुने बताउनु भयो । उहाँले महिलाहरुको आत्मबल बढाउने, बोल्न सक्ने , भाषणकला जान्न मद्धत गर्ने यस्ता तालिमले जिवनकालमा विभिन्न नयाँ अवसरहरु दिने र महिलाहरुको शसक्तिकरणका लागि सहयोग पुग्ने बताउनु भयो । बोल्ने कला र आत्मबल संगै लैंगिक हिँसा सम्बन्धि तालिम समेत दीइएको सो ५ दिने तालिमबाट यस क्षेत्रका महिलाहरुमा संचार सम्बन्धि ज्ञान तथा निडर भएर बोल्न आफ्नो कुरा राख्न सक्ने भावना जागृत भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अथिति तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ का कार्यबाहक अध्यक्ष क्षितिजा पौडेलले तालिममा प्रभावकारी कुराहरु सिक्नु भएको भन्दै सिकेको कुरा ब्यबहारमा उतारी महिलाहरु हरेक क्षेत्रमा अब्बल बन्न आग्रह गर्नुभयो । उहाँले यस तालिमले वडा बासी महिलाहरुमा नेतृत्व बिकास संगै नयाँ आयम थप्न सहयोग पुग्ने बताउनु भयो । सो कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ का सदस्य कल्पना भण्डारी पासीले सहभागी प्रशिक्षार्थिहरुमा सफलताको शुभकामना दिँदै समाजमा महिलाको स्थान उच्च बनाउन आफुहरु लागिपर्ने र आगामी दिनमा अझै प्रभाबकारी तालिमहरुको आयोजना गर्ने बताउदै यस तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास लिएको समेत बताउनु भयो । तालिमका सहजकर्ता तथा प्रशिक्षकको रुपमा संचारकर्मी तथा महिला अभियन्ता सरु राना, तथा पत्रकार मोहन न्यौपानेले महिला दिदिबहिनीमा रहेको चासो र उत्साहका कारण छोटो अवधीमै धेरै कुरा सिक्न सफल भएको दावी गर्नु भयो । साथै उहाँले तालिममा सिकेका ज्ञान र सीप प्रयोग गरी व्यवहार परिवर्तन गर्न सकेमा तालिम फलदायी रहने विश्वास व्यक्त गर्नु भयो ।सहभागिको तर्फबाट २ जना प्रशिक्षार्थि महिलाहरु लक्ष्मी गैरे र लीला थापाले बोल्दै तालिमबाट बोल्ने आत्मबल बढेको भन्दै पुनः अझै लामो समयको तालिम दिनु पर्ने आवश्यक रहेको बताएका थिए । सहभागिहरुले पांच दिने तालिमले उद्घोषण तथा बाल्ने कलाको बारेमा सैद्धान्तिक र ब्यबहारिक धेरै ज्ञान पाएको र आगामी दिनमा अर्को चरणको कार्यक्रम ल्याउनको लागि समेत आग्रह गरेका छन् । समापन कार्यक्रममा बोल्दै मधवलिया सामुदायिक सिकाइ केन्द्र तिलोत्तमा-१५ कि परिचालक तारा गुरुङले महिलाहरुमा नेतृत्व, क्षमता विकास एवं आत्मविश्वास विकास गर्ने उद्देश्यले आयोजना गरेको सो तालिममा नगरपालिका वडा नम्बर १५ का ३५ जना भन्दा बढिको सहभागिता रहेको बताउनुभयो। कार्यक्रममा सहभागिहरुलाई तालिमका अध्यक्ष तथा मधवलिया सामुदायिक सिकाइ केन्द्र तिलोत्तमा-१५ का अध्यक्ष कुम कुमारी गुरुङ, प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ का कार्यबाहक अध्यक्ष क्षितिजा पौडेल,बिशिष्ठ अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ का सदस्य कल्पना भण्डारी पासी, तालिमका सहजकर्ता तथा प्रशिक्षकको रुपमा संचारकर्मी तथा महिला अभियन्ता सरु राना लगायतको हातबाट सहभागीको तालिम प्रमाणपत्र वितरण गरिएको थियो ।
कमेन्ट गर्नुहोस्