लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही–५ मा बासुदेवमार्फत बिकासको नयाँ लहर आउछ, ढुक्क भएर मतदान गरौ : खिमलाल भट्टराई

IMG

तिलोत्तमा, २०७९ कात्तिक ३० गते ।  नेकपा एमालेका नेता एवं राष्ट्रिय सभाका निवर्तमान सदस्य खिमलाल भट्टराईले रुपन्देही–५ मा एमाले उम्मेदवारलाई सबै मिलि जिताउनुपर्ने बताए । एक विकासप्रेमी युवा तथा जुझारु व्यक्ति ५ नम्बर क्षेत्रले पाएको भन्दै घरदैलो देखि सबै चुनावी कार्यक्रममा सहभागी सबैलाई धन्यबाद समेत दिएका छन् । त्यसो त उनले रुपन्देहीको गैडहवा गाउँपालिकामा महिला तथा युवाहरुसँग भएको अन्तरक्रियामा भट्टराईले आफू निर्वाचन परिचालन कमिटीको संयोजक भएकाले बासुदेव घिमिरे,भूमिश्वर ढकाल र रामचन्द्र यादवलाई जिताएर देखाउने बताए । क्षेत्र नं ५ मा एमाले,राप्रपा र जसपा गठबन्धनको मत विपक्षीको भन्दा धेरै रहेकाले जितमा शंका नगरी उत्साहित भएर लाग्न र मत राख्न शुभेच्छुक तथा कार्यकर्तालाई आग्रह गरे।


‘क्षेत्र नं. ५ मा एमाले, जसपा र राप्रपाका साझा उम्मेदवारको जीत सुनिश्चित छ’–भट्टराईले भने–‘ पार्टीका एजेण्डा मतदाताको घर—घरमा लगेर बुझाउन अगुवा कार्यकर्ता लाग्नुपर्छ, मंसिर ४ पछि क्षेत्र नं.५ मा विकासको नयाँ लहर आउंछ ।यस्तै प्रतिनिधिसभाका उम्मेदवार बासुदेव घिमिरेले लुम्बिनी र आसपासका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासले समग्र प्रदेशकैं विकासमा टेवा पुर्याउने बताउँदै यस क्षेत्रका जनताको आर्थिक, सामाजिक रुपान्तरणको लागि आफू सधैं प्रतिबद्ध रहने बताउनुभयो । नगर प्रमुख हुँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं नमूना नगरपालिका बनाउनु भएका उम्मेदवार घिमिरेले आफ्नो विगतको अनुभवको आधारमा क्षेत्र नं. ५ लाई समेत नमूना बनाउने बताउनुभयो ।सो अवसरमा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार बासुदेव घिमिरेले क्षेत्र नम्बर ५ का जनताको आशा र भरोषामा रहेर बिशुद्ध कम गर्ने गरि आएको र बिकासको मूल फुटाउन र यस क्षेत्र संगै समग्र रुपन्देहीको नाम विश्वभर चम्काउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।  उहाँले घरदैलो तथा चुनाव प्रचारप्रसारमा सहयोगगर्ने सबै तथा आफुलाई बिश्वास गर्ने सबै शुभेच्छुकहरुमा मङ्सिर ४ गतेको दैलो उघारेर राखेको समेत बताउनुभयो।  घिमिरेले तिलोत्तमाको मात्र नभएर क्षेत्र नम्बर ५ बहुआयामिक भूगोलमा छरिएर रहेकोले सबै जात जाति भाषा भाषी लिङ्ग तथा धर्म र परम्परा तथा यस क्षेत्रको कृषि उद्योग ब्यापार शैक्षिक स्तर , स्वास्थ्यको पहुँचता लाई ध्यानमा राखी काम गर्ने बताउनुभयो। 


क्षेत्र नं. ५ मा विकासका थुप्रैं सम्भावना रहे पनि विगतमा सोअनुसारका काम हुन नसकेको बताउँदै उहाँले यहाँका तमाम समस्या समाधानका लागि आफूले योजनाबद्ध रुपमा काम गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार भुमिश्वर ढकाल र रामचन्द्र यादवलगायतका नेताहरुले क्षेत्र नं. ५ को आमूल विकासका लागि आफूहरुलाई मत दिन मतदाताहरुलाई आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्