
तिलोत्तमा, २०७९ कार्तिक २८ गते। बुटवलमा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । बुटवल उपमहानगरपालिका ४ स्थित इलाका प्रहरी कार्यालय बुटवलको पछाडि रहेको नालीमा अन्दाजी ३०/३५ वर्षका पुरुषको शव फेला परेको हो ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक प्रकाश खत्रीकाअनुसार आइतबार नाली सफा गर्ने क्रममा सडेको अवस्थामा शव फेला परेको बताए ।
उपमहानगरपालिकाले नाली सफाई गर्ने क्रममा कुहिएको अवस्थामा शब देखेपछि आफूहरुले जानकारी पाएको र पुरुषको शव नचिनिने अवस्था रहेको प्रहरी निरिक्षक खत्रीले बताए।‘बाहिरबाट हेर्दा शरीरमा कतै पनि चोट लागेको देखिँदैन। अनुहार पूरा कुहिएको अवस्थामा रहेको छ । वर्षाको समयमा नालीमा पानी ठूलो आउने भएकाले बगाएर ल्याएको हुन सक्न सक्छछ । ’–उनले भने । शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्