लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मेरो वास्तविक परिक्षा सुरू भयो: घनश्याम भुसाल

IMG

तिलोत्तमा,२०७९ साल १९ कार्तिक। कार्यक्रममा स्रष्टाहरूको जिज्ञासाको जवाफ दिदै  सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्नो वास्तविक परिक्षा सुरु भएको बताए ।आफुहरूले निकै लामो संघर्ष गरेर नेकपा एमाले पार्टीलाई जनताको प्यारो पार्टी बनाएको तर संसद र सरकारमा जनताको मुद्दा उठाउँन एमाले नेतृत्वले बाधा पुर्याएको बताए । "हिजो पार्टीगत रूपमा केही अफ्ट्याराहरू थिए तर अब म स्वतन्त्र छु र मेरो वास्तविक परिक्षा अब सुरु भएको छ ।" उनले भने बोलेको कुरा पूरा गर्छु, कठघरामा उभिन म तयार छु।"


नेपाली कला, साहित्य र लेखनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले नेताहरूमा सहि सांस्कृतिक चिन्तन आवश्यक रहेको तर्क गरे । पछिल्लो समय नेपाली राजनीति खराब लयमा गुज्रिरहनुमा समेत नेताहरूको समाज र संस्कृतिलाई बुझ्ने सवालमा रहेका समस्या कारक रहेको बताउँदै उनले भने, "अहिले जनताको राजनीतिलाई हेर्ने दृष्टिकोण पनि नकारात्मक रहेको छ । बिग्रेको राजनीतिलाई लेखन, साहित्य तथा विचारको माध्यमबाटै सुधारेर राजनीतिक नेतृत्व र समाजलाई सहि दिशामा हिडाउँन स्रष्टाहरूले भुमिका खेल्नुपर्नेछ ।"


हिजो तपाइले संसदमा रहेर के गर्नुभयो र अब तपाइलाई फेरि किन संसदमा पठाउने भन्ने स्रष्टाको जिज्ञासामा भुसालले बिगतमा आफू संसदमा रहदा लोकतन्त्र र संविधानको रक्षा तथा पार्टी भित्रको गलत प्रवृत्ति विरुद्ध निर्धक्कका साथ आवाज उठाएको बताए। जनताको साथ, माया र उत्साह देख्दा निर्वाचन जित्छु जस्तो लागेको बताउँदै भुसालले अब संसदमा गएर बाँकी रहेका विकास निर्माणका अधुरा कार्य पूरा गर्ने प्रतिबद्धता जनाए ।


नेपाली लेखक संघ र अखिल नेपाल लेखक संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रमको मिडिया सहकार्य प्रेस सेन्टर नेपालले गरेको थियो ।

कमेन्ट गर्नुहोस्