
तिलोत्तमा, २०७९ साल १५ कार्तिक। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बिउ वितरण गरेको छ।नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिकाभित्रका किसानलाई ४० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको हो।नगरपालिकाले वडा नम्बर १५ को सखुवानी बाट शुरु गरि वडा नम्बर १ देखि १७ सम्मका सबै किसानलाई अनुदानको बिउ अनुदानमा बिऊ व्यवस्था मिलाइएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो। नगरपालिकाले कृषि शाखाको संयोजनमा मंगलबार सखुवानीस्थित कृषक समूहको आयोजनामा आयोजित कार्यक्रममा त्यहाका किसानलाई उपस्थित गराई नगरप्रमुख रामकृष्ण खाण , नगर उपप्रमुख जगेश्वर देवी चौधरी, कृषि शाखा प्रमुख दोमलाल भुसाल, कृषि अधिकृत राम प्रसाद खनाल लगायतको उपस्थितिमा किसानको माग अनुसारका प्याकिङ्ग बोरा बिउ उपलब्ध गराएर कार्यक्रमको सुरू गरिएको हो।
गहुँको बिउ वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले किसानका समस्या समधानका लागि आफुले सक्दो प्रयास गर्ने र उत्पादनलाई व्यवसायिक बनाउन र जमिन बाँझो नरहने गरि कृषिका विभिन्न उत्पादनलाई अगाडी बढाउन सबै किसानले उर्जाशील भएर कार्य गर्नुपर्ने विश्वास व्यक्त गरे। नगरपालिकाले किसानको मागलाई ध्यानमा राखी उनीहरुले सिफारिस गरिएको उन्नत जातको सुधारिएको गहुँको बीउमा किसानलाई अनुदान दिएको हो। सो कार्यक्रम मा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले किसानको हरेक समस्यासंग आफु परिचित भएकाले समस्या समाधानका लागि सबै मिलेर सुझाव संकलन गरि अघि बढ्ने बताउनुभयो। उहाँले तिलोत्तामालाई गहुँ मात्र नभएर कृषि उत्पादनमा आत्मनिर्भर गराउन सबैको पहल आवश्यक रहेको बताउनुभयो।
वडा नम्बर १५ र १६ बाट आज शुरुवात गरिएको अनुदानको बिऊ वडा नम्बर ६ हुदै क्रमश सबै वडामा बितरण गरिने कृषि शाखा प्रमुख दोमलाल भुसालले बताउनुभयो।
कमेन्ट गर्नुहोस्