लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार मास्कीलाई जनमुक्तिद्वारा आर्थिक सहयोग

tillotmacitynews - 2022 Oct 22 08:19 PM
IMG

मनजीत चौधरी, बुटवल २०७९ कार्तिक ५। राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले रेडियो जागरणका समाचार प्रमुख पत्रकार टेक मास्की रानाको उपचारार्थ आर्थिक सहयोग रकम प्रदान गरेको छ । शुक्रबार पार्टीले अस्पतालमै पुगी ८ हजार ६ सय रुपैयाँ सहयोग रकम प्रदान गरेको हो । पार्टी जिल्ला अध्यक्ष प्रेम बहादुर थापाले उक्त रकम पत्रकार मास्कीका बहिनी निर्मला रानालाई हस्तान्तरण गर्नुभएको थियो ।


पत्रकार मास्की गत १४ दिनदेखि अस्पतालमै उपचाररत हुनुहुन्छ । अहिले उहाँको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ । पत्रकार मास्कीलाई डेङ्गीको लक्षण देखिएलगत्तै पाल्पाको मिशन अस्पतालमा लगी भर्ना गरिएको थियो तर रगतमा प्लेटिलेट्सको कमी देखिएपछि ३ दिनपछि उहाँलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ट्रान्सफर गरिएको थियो । 


मास्कीलाई डेङ्गी लगायत उच्च रक्तचाप, सुगर, जन्डिस, कलेजो र मृगौलामा समेत समस्या देखिएको उहाँकी बहिनी निर्मला रानाले बताउनुभयो । चिकित्सकका अनुसार पत्रकार मास्कीको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको जानकारी पाइएको छ ।पत्रकार टेक मास्की राना नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) रुपन्देहीका पूर्व सचिव पनि हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्