लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा – १० मा चार दिने उद्धघोषण तालिम सम्पन्न

tillotmacitynews - 2022 Oct 20 05:43 PM
IMG

तिलोत्तमा सिटी न्युज, कार्तिक ३ गते , रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा – १० को वडा कार्यलयको भवनमा चार दिने उद्धघोषण कार्यक्रम सम्पन्न भएको छ । असोज ३० देखि २ गते सम्म चलेको उद्धघोषण तालिमको बुधबार समापन गरिएको हो । तिलोत्तमा वडा कार्यलय – १० को आयोजना र वडा बाल क्लबको समन्वयमा संचालित तालिममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तिलोत्तमा नगरपालिकाका प्रशासकीय अधिकृत माधव पोखरेलले नगरपालिकाले बाल मैत्री लाई दिगो कसरी बनाउने भन्ने बिषयलालाई ध्यानमा राखेर काम गरिरहेको बताए ।


पोखरेलले आफ्नो मन्तव्यमा, यो बेला भनेको नै सिकाईको उमेर रहेको तर यति बेला बालबालिकाहरु काचो माटोको रुपमा समेत जानकारी गराए । चार दिनको सिकाइले पनि विद्यार्थीहरुमा धेरै फरक रहेको बताउदै अघि आएर विद्यार्थीहरुले आआफ्नो भनाइ राखेको देख्दा खुसीको अनुभुती गरेको समेत उल्लेख्य गरेका थिए । यसैगरी प्रशिक्षक सरु रानाले चार दिन सम्म सिकेको सिकाई पक्कै पनि व्यवहारमा उर्तानु पर्न बताए । सिकाइ र बोलाइ अनुभवको आधारमा काम लाग्ने हुँदा तपाईंको जिवनमा समेत यश प्रशिक्षणले टेवा पुग्ने जानकारी गराएका थिए । यसैगरी अर्का प्रशिक्षक प्रकाश पाण्डेले उद्धघोषण कसरी, किन  र के  का लागि भन्ने बारे सहज ढंगबाट सिकाएका  थिए । 

कार्यक्रममा सिर्जना सिल बाल क्लब, चाइल्ड केयर बाल क्लब समूह जनहित बाल क्लब समूह नमुना बाल क्लब समुह , जनचेतना बाल क्लब समुह र शान्ति बाल क्लब समूह गरि छ वटा बाल क्लबलाई व्यानर वितरण गरिएको हो । चार दिन सम्म सिकेका विद्यार्थी पुजा भण्डारी , करण थारु, स्वकृती जिसि र चादनी गैरेले कार्यक्रममा आफ्नो भनाई राखेका थिए ।  कार्यक्रममा ३५  जना  विद्यार्थीहरुको सहभागिता रहेको थियो । तिलोत्तमा – १० वडा कार्यलयका  वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेको अध्यक्षता र प्रसिक्ष्यार्थि  ममता चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


कमेन्ट गर्नुहोस्