
तिलोत्तमा,२०७९ असोज ३० गते। बाल समुह एवं वडास्थित बाल संजालका पदाधिकारीहरूलाई लक्षित गर्दै तिलोत्तमा १० ले उद्घोषण तालिम शुरू गरेको छ ।वडा बाल संजालको समन्वयमा तिलोत्तमा १० ले आफ्नै वडा कार्यालय रहेको सभा हलमा ४ दिने उद्घोषण तालिमको आयोजना गरेको हो । तालिमको आज एक कार्यक्रमका बिच वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेले उद्घघाटन गरेका हुन । उद्घघाटन कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले, पछिल्लो पटक वडा कार्यालय भन्दा पनि बाल क्लव र बाल संजालहरू बलियो हुदै गएको परिपेच्क्षमा तालिम प्रभावकारी हुनेमा आफूलपुर्ण विश्वस्त रहेको बताए ।
साथै बालबालिकालाई दिईने यसखाले तालिम तथा उद्घघोषण कलाले समाजभित्र हुने गरेका विकृति र विसंगति बिरूद्घ आवाज उठाउन मद्दत पुग्ने घिमिरेको भनाई छ । "आफु पनि सुध्रिने र अरूलाई पनि सुधार्ने गरि काम गर्नु आजको आवश्यकता रहेको त्यसका लागी उद्घोषण तालिम थप प्रभावकारी हुनेमा आफु बिश्वस्त रहेको उनले बताए । कार्यक्रममा स्वागत मन्तब्य दिदै वडा सदस्य बालकृष्ण लम्सालले, वडाले आयोजना गरेको उद्घघोषण तालिम बाल क्लव, समुह र बाल संजालका पदाधिकारीलाई अत्यन्तै फलदायी हुनेमा आफु बिश्वस्त रहेको बताए ।त्यस्तै शुभकामना मन्तब्य दिदै ओमप्रकाश चौधरीले, सहभागी वालबालिकालाई निर्धक्क भई बोल्न र समुहमा जाँदा निर्धक्क भई आफ्नो कुरा राख्न सक्ने गरि तालिम लिन सहभागीहरूलाई आग्रह गरे ।
कार्यक्रममा महिला वडा सदस्य निता कुमारी चौधरी, सरगम विक, बुद्घ बाल संजालका अध्यक्ष सुनिल आले, जमुना पनेरू लगायतको सहभागिता रहेको थियो । सरू राना र प्रकाश पाण्डेले प्रशिक्षकको भुमिका निर्वाह गरेको तालिममा उद्घघोषणका विविध पाटाबारे सिकाई केन्द्रित रहने छ । बाल पदाधिकारी, बाल क्लव र बाल संजालका सदस्य गरि ३५ जनाको सहभागिता रहेको तालिम आजबाट शुरू भएर यही कार्तिक २ गते समापन हुनेछ । उद्घघाटन सत्रको सन्चालन तिलोत्तमा वडा न. १० का वडा सचिव कृष्ण बहादुर खातीले गरेका थिए ।
कमेन्ट गर्नुहोस्