
तिलोत्तमा सिटी न्युज, भदौ २६ गते २०७९। विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर आधारभुत स्वास्थ्य केन्द्र तथा तिलोत्तमा नगरपालिका वार्ड नं - ५ को संयुक्त पहलमा मानवको मानसिक स्वास्थ्यको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वरिष्ठ मनोरोग विशेषज्ञ डा विक्रम काफ्ले तथा सहयोगी साथी नामक स्वास्थ्य संस्थाको संस्थापक स्वास्थ्यकर्मि यशोदा बगालेले अन्तरक्रियामा सहजीकरण गर्नुभएको थियो।
मानसिक स्वास्थ्यका बिषयमा प्रशिक्षण कार्यक्रम समेत गरिएको सो कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रे, सदस्यहरु डायमण्ड गिरि हिरा , धर्मादेवी न्यौपाने, स्वास्थ्य चौकी इन्चार्ज गणेश भण्डारी, वरिष्ठ मनोरोग विशेषज्ञ डा विक्रम काफ्ले तथा स्वास्थ्यकर्मि यशोदा बगाले लगायतले मानसिक स्वास्थ्यको असर र प्रभाव र त्यसको चेतनाको बिषयमा आ आफ्ना भनाई राख्नुभएको थियो। सो कार्यक्रममा वडा नम्बर ५ का सरोकारवाला तथा स्वयम् सेविका लगायत स्थानिय वडा बासीको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्