
तिलोत्तमा सिटी न्युज, भदौ ३ गते २०७९ । नेपाल मानव धर्म सेवा समिति बुटवल को उप शाखा भैरहवाले सिद्धार्थ बाल आश्रम मा रहेका करिब १७ जना बालबलिका को लागि खाधान्न तथा शैक्षिक सामाग्री बितरण गरेको छ । कृष्ण जन्माष्ट्मि शु अवसर मा भैरहवा शाखा आश्रमले यो कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा बोल्दै युवा संगठन का संयोजकले युवामा अध्यात्मको आवश्यकता एवम जीवन मा शिक्षाको महोत्व बारे प्रकाश पार्नु भएको थियो भने भैरहवा शाखा आश्रम अध्यक्षले कार्यक्रमको उद्देश्यबारे जानकारी दिनु भयो र मानव धर्म का केन्दिय स्वयम् सेवक दल का उप प्रमुख कबिन्द्रमान श्रेष्ठले अध्यात्मिक जीवन शैली ले नै परिवर्तन , समाज सेवा हुने बताउनु भयो । सिद्धार्थ बाल आश्रम कि सस्थापक एवम संरक्षक कृष्ण माया गुरुङले मानव धर्म परिवार लाई धन्यवाद ज्ञापन गर्नु भएको थियो र मानव धर्म का अध्यक्ष ज्युले मानव धर्मले धेरै सामजिक कार्यहरु गर्दै आएको र बाल आश्रमलाई सहयोग गर्न पाउँदा खुसी ब्यक्त गर्नु भएको थियो । र अन्त्यमा अध्यक्षता गर्नु भएको सन्त महात्मा गोबर्धन बाईज्यु ले कार्यक्रम समापन गर्नु भएको थियो र उक्त कार्यक्रम केन्दिय युवा संगठन का सह संयोजक भिम गुरुङ्ग ले सन्चालन गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्