
तिलोत्तमा सिटी न्युज, असार २५ गते २०७९ । श्रीलङ्कामा प्रदर्शनकारी राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा प्रवेश गरेका छन् । उनलाई पहिले नै सुरक्षित स्थानमा सारिएको जनाइएको छ । मुलुक चरम मुद्रास्फीतिको मारमा छ र खाद्यान्न, इन्धन र औषधि आयात गर्न संघर्ष गरिरहेको छ। देशमा आर्थिक मन्दीको कारणले महिनौंदेखि भएको विरोध प्रदर्शनपछि उनको राजीनामाको माग गर्दै देशभरका प्रदर्शनकारीहरूले कोलम्बोमा जम्मा भएका छन् ।
शुक्रबार राति कर्फ्यू लगाएर प्रदर्शनलाई रोक्न कोसिस गरिएता पनि विपक्षी दल, अधिकारकर्मी र बार एसोसिएसनको दबाबले शुक्रबार जारी गरिएको कर्फ्यू आदेशलाई फिर्ता लिएको थियो ।उनीहरू राष्ट्रपतिको विरुद्धमा नारा लगाएर कोलम्बोको सरकारी जिल्लामा पुगेका छन् र राष्ट्रपति राजापास्काको घरमा पुग्नका लागि धेरै प्रहरी ब्यारिकेडहरू तोड्दै गएका छन् ।
आक्रोशित भीडलाई निवासमा प्रवेश गर्नबाट रोक्न प्रहरीले हवाई फायर गरेको थियो, तर केही भीडलाई भित्र पस्नबाट रोक्न सकेन। श्रीलंकासँग विदेशी मुद्रा सञ्चिति सकिएको छ र अत्यावश्यक वस्तुहरू आयात गर्न संघर्ष गरिरहेको छ। धेरैले देशको दयनीय आर्थिक अवस्थाको दोष राष्ट्रपति राजापाक्षलाई दिएका छन् ।
कमेन्ट गर्नुहोस्