
तिलोत्तमा सिटी न्युज, असार २३ गते २०७९ । रुपन्देहीको दानापुर अर्थात् गजेडी तालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ । पाण्डे मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित दानापुर तालमा डुबेका पाण्डेको शव बुधबार विहान भेटिएको प्रहरीले जनाएको छ । मृतक पाण्डेमा मुटु सम्बन्धी समस्या रहेको र तालमा जाँदा डुबेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्