
तिलोत्तमा सिटी न्युज, असार २१ गते २०७९। सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् । असार १८ मा चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित सुकुटे बिच एडभेन्चर क्याम्प रिसोर्टको टेण्टमा आफूमाथि बलात्कार भएको युवतीको आरोप छ ।
बलात्कार आरोपमा प्रहरीले काठमाडौंको कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, १८ वर्षकै रुस कार्की र २६ वर्षका सुलभ क्षेत्रीलाई पक्राउ गरेको छ । रिसोर्टमा २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
बिहान ३ बजे टेण्टमा सुतिरहेको बेला आफु बलात्कृत भएको पीडित युवतीले प्रहरीलाई बताएकी छिन् । उक्त रिसोर्टमा पाहुनाको रुपमा आएका क्षेत्रीले ती युवतीलाई बलात्कार गरेको तथा कार्की र थपलियाले मतियारको रुपमा सघाएको आरोप छ । बलात्कारपछि फरार भएका उनीहरूलाई असार १९ गते राति साढे ९ बजे काठमाडौंको कलंकीबाट पक्राउ गरिएको र असार २० गते सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्