लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाले मनायो धान दिवस : धान रोप्दै नगर प्रमुख र उपप्रमुख

IMG

तिलोत्तमा सिटी न्युज, असार १५ गते २०७९।  आज असार १५ तिलोत्तमा नगरपालिकाले धान रोपेर १९ औं राष्ट्रिय धान दिवस मनाएको छ।‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने मुल नाराका साथ राष्ट्रिय धान दिवस तिलोत्तमाको सेमरामा मनाईएको हो ।नगर प्रमुख राम कृष्ण खाण र उप प्रमुख जागेश्वरी देवि चौधरीले तिलोत्तमा नगरपालिका वडा नं १० मा रहेको कृषि संजालले राखेको कार्यक्रममा धान रोपेर असार १५ लाई विषेस रुपमा मनाउनु भएको हो ।


नगर प्रमुख खाणले नेपाल कृषि प्रधान देश भएकाले अधिकांश मानिसको पेशा खेतीपाती छ, तर मल र बिउको अभावमा कृषकमारमा परेका छन यस्तो अवस्थाबाट माथि उठ्न अब कृषि पेसालाई आधुनिकिकरणमा जोड दिनुपर्ने बताउनु भयो ।किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन ।हाम्रो नेपाली समाजमा असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि रहेदै आएको छ।


आधुनिक कृषि पेसालाई बढवा दिदै नगरलाई अर्गानिक र कृषिका हरेक उत्पादनमा आत्मनिर्भर बनाई निर्यातमा समेत नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।धान दिवसको अवसरमा भएको रोपाई कार्यक्रममा पन्चेबाजा सहित दहि चिउरा खाएर एक आपसमा हिलो छ्याप्दै मनाइएको कृषि शाखाका प्रमुख दोमलाल भुसालले बताउनुभयो। मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि सरकारले राष्ट्रिय धान दिवस मनाउनदै आएको छ ।



कमेन्ट गर्नुहोस्