
तिलोत्तमा सिटी न्युज, असार १४ गते २०७९। नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत तिलोत्तमा नगरपालिकाको आयोजनामा लघु उद्धमी र बित्तिय निकायबीच लघु कर्जा बिषयक अन्तरक्रिया मणिग्राममा सम्पन्न भएको छ। तिलोत्तमा नगरका उपप्रमुख जागेश्वर देवी चौधरीको अध्यक्षता तथा प्रमुख रामकृष्ण खाणको उपस्थितिमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेको स्वागत मन्तब्यबाट शुरु सो कार्यक्रमममा गरिबी निवारणका लागि लघु उद्धम बिकास कार्यक्रम अन्तर्गत लघु उद्धमी सृजना गर्ने उदेश्यले संचालित कार्यक्रम भएको लघु उद्धमी सहजकर्ता शाखा प्रमुख शान्ता बिकले बताउनुभयो। कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले महिला स्वरोजगारका लागि लघु उद्दमी र ब्यबसायले आत्मनिर्भरता बनाएको बताउनुभयो। बित्तिय साक्षरता मार्फत महिलाले गरेका हरेक क्रियाकलापले समाजलाई सकारात्मक दिशामा डोर्याउने नगर प्रमुख खाणले बताउनुभयो।त्यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले महिलाको जिबन स्तरबृद्दी र उनीहरुले गरेको उद्दम र ब्यबसायको बिकास र प्रगतिका लागि बित्तिय सस्थाले समेत सहयोग गर्नुपर्ने बताउनु भयो। महिला स्वरोजगाराले नगरको रोजगारीमा समेत उल्लेखनिय योगदान गर्ने भन्दै चौधरीले सहभागी सबैलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो।
अन्तरक्रियामा लघु उद्धमी महिलाहरुले बित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग कर्जाका बिषयमा विभिन्न जिज्ञासा राखेका थिए। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली, वडा नम्बर-७ का अध्यक्ष देवी प्रसाद पंगेनी, कार्यपालिका सदस्य सुरेन्द्र श्री,तिलोत्तमा नगरपालिका प्रसासन शाखाका अधिकृत माधव प्रसाद पोख्रेल, कृषि बिकास बैंकका राम बहादुर खत्री, दायित्वका कमल थापा, सामुहिक सकोसका देवराज ज्ञवाली, आर्थिक बिकास शाखाका अधिकृत कृष्ण प्रसाद पाण्डे, तिला सुबेदी लगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्