
तिलोत्तमा सिटी न्युज, असार ११ गते २०७९। तिलोत्तमा नगरपालिकाले नगरका सबै जनप्रतिनिधि, बाल क्लब, बाल सञ्जाल र साझेदार संस्थाका प्रतिनिधिलाई बालबालिकाका लागि बालमैत्री स्थानीय शासनसम्बन्धी दिगोपनाका लागी शंकरपुरमा अभिमुखीकरण गरेको छ । कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाण , उपप्रमुख जगेश्वरदेवी चौधरी, रास्ट्रीय प्रशिक्षक बिष्णु बहादुर चौबे, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य , सबै जनप्रतिनिधि, नगर बाल संजालका उपाध्यक्ष, वडा बाल संजालका अध्यक्ष तथा प्रतिनिधिको सहभागितामा बालमैत्री नगरपालिकालाई रणनीतिक योजना अनुसार दिगोपन दिन बालबालिकालाई बालमैत्री स्थानीय शासनको अवधारणामा मूलप्रवाहीकरण र समावेशीकरणका विषयबारे प्रस्तुति गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले बालबालिकाको हक अधिकार र बाल अधिकारको सुनिस्चित गर्न आफु सधै अग्रसर भएको र त्यसका लागि सबै जनप्रतिनिधिलाई अगाडी बढ्न आग्रह गर्नुभयो। उहाँले बालबालिकाको लागि नगरको तर्फा बाट शिक्षा स्वास्थ्य पछिको रोजगार सुनिश्चित हुने गरि योजना बनाएर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। त्यस्तै सोहि कार्यक्रमको सन्दर्भमा बोल्दै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले हरेक वार्ड का जनप्रतिनिधिलाई वार्डका harek कार्यक्रममा बाल सहभागिता र उनीहरुको प्रतिभा प्रस्फुटन हुने गरि बजेट छुट्याउन आग्रह गर्दै हरेक बालबालिकाको नैसर्गिक अधिकारका लागि आफु तयार रहेको बताउनुभयो।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख रास्ट्रीय प्रशिक्षक चौबेले बालमैत्री स्थानीय शासन बाल सहभागितासहित बालबालिकाको अधिकार प्रभावकारी र दीर्घकालीन रुपमा स्थापित गर्ने पद्धति भएकाले यसमा सरोकार वालाहरुले ध्यान दिन र प्रतिबद्धता जाहेर गर्नुपर्ने बताए। सो अभिमुखीकरण कार्यक्रममा गंगाराम आचार्यको स्वागत तथा शारदा भट्टराइको संचालन रहेको थियो।
कमेन्ट गर्नुहोस्