
तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले रुपन्देहीस्थित निगमको डिपोअगाडि ट्यांकरमा भएको आगलागीले पुर्याएको क्षतिको निरीक्षण गरेका छन्। शुक्रबार बिहान ११ बजेतिर लु। २ ख २६५६ र लु। २ ख ५६८७ नम्बरको ट्यांकरमा भएको आगलागीले क्षति पुर्याएपछि यसबारे निगमका तर्फबाट थानीले अवलोकन गरेका हुन्।रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएका दुई वटा ट्यांकरमा आगलागी भएको हो।
थानीका साथमा तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित मेयर रामकृष्ण खाण पनि सो क्षेत्रको निरीक्षण गरेका छन्। प्रबन्ध निर्देशक थानी र मेयर खाणले आगामी दिनमा हुने यस्तो प्रकारका आगलागी घटना हुन नदिन अत्यावश्यकीय सामग्रीको थप व्यवस्था गर्ने बताएका छन्। शुक्रबार बिहान डिपोमा ट्यांरबाट तेल खन्याएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ। सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।
कमेन्ट गर्नुहोस्