
२०७८ फागुन २५ , तिलोत्तमा सिटी । बर्दियाको बारबर्दिया नगरपालिका–९ स्थित खैरेनी गाउँको एक घरमा गएराति भएको आगलागीमा परी १४ वर्षीय बालकको मृत्यु भएको छ ।मंगलबार राति करिब १० बजेलागेको आगोमा परी १४ वर्षीय दिनेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । जस्तापाताको छानो भएको घरमा एक्कासी आगलागी भएपछि घरभित्र एक्लै सुतेका चौधरीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव निरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।
शाहीका अनुसार घरमा अचानक आगलागी भएको बेला दिनेशका आमा र बहिनी छिमेकीको घरमा गएको र दिनेश घर भित्र एक्लै सुतिरहेका थिए ।प्रहरी चौकी कतर्निया तथा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट गएको प्रहरीको टोलीले स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रण गरेको शाहीको भनाइ छ ।
कमेन्ट गर्नुहोस्