लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

IMG

२०७८ माघ ९, तिलोत्तमा सिटी। साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर दुई हजार ९२० दशमलव ५१ अंकमा झरेको छ । कारोबार रकम भने सात अर्ब माथि नाघेको छ । दिनभर भएका एक करोड ४७ लाख चार हजार २७७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम सात अर्ब तीन करोड आठ लाख आठ हजार २६२ रुपैयाँ पुगेको छ । 


बजार घटे पनि आइतबार केही कम्पनीहरूको शेयर मूल्य राम्रै बढेको छ । शेयर मूल्य धेरै बढ्नेमा विन नेपाल लघुवित्त देखिएको छ । जसको शेयर मूल्य १० प्रतिशतले बढेर ९१४ रुपैयाँ १० पैसा पुगेको छ । धेरै शेयर मूल्य बढ्ने दोस्रोमा बुद्धभूमी हाइड्रोपावर र तेस्रो नम्बरमा मैलुङ खोला हाइड्रोपावर देखिएका छन् । जसको शेयर मूल्य करिब १० प्रतिशतले बढेर क्रमशः ३४८ रुपैयाँ १० पैसा र ६०३ रुपैयाँ ५० पैसामा पुगेको छ ।


धेरै शेयर मूल्य बढ्नेमा चौथो नम्बरमा भने ग्लोबल आइएमई बैंक देखिइएको छ । ग्लोबल आइएमईको शेयर मूल्य आइतबार ६.७४ प्रतिशतले बढेर ३६४ रुपैयाँमा पुगेको छ भने ज्योति लाइफ इन्स्यारेन्सको शेयरमूल्य ६.६९ प्रतिशतले बढेर ७०५ रुपैयाँ २० पैसा पुगेको छ ।

कमेन्ट गर्नुहोस्