लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पदाधिकारीमा सहमति जुटाउन अझै सकस

IMG

२०७८ मङ्सिर ११,तिलोत्तमा सिटी। आफ्नै समूहका नेताहरुको व्यवस्थापनमा समस्या परेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । शनिबार सौराहमा बन्दशत्र सुरु गर्नुअघि एमाले अध्यक्ष ओलीले आफ्ना निकट नेताहरुसँग छलफलमा बसेका छन् । महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायतका नेताहरु छलफलमा छन् ।


एमालेले शुक्रबार राति मात्र विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाएको थियो । नेताहरुको व्यवस्थापनका लागि दुई उपाध्यक्ष र दुई उपमहासचिव थपिएको छ भने ९९ सदस्यीय पोलिटब्यूरो बनाइएको छ । यस्तै २२५ सदस्यीय केन्द्रीय कमिटीलाई पनि ३०१ सदस्यीय बनाइएको छ ।


यद्यपि अझै पदाधिकारीमा सहमति जुटेको छैन । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङको दाबी छ भने महासचिवमा शंकर पोखरेल र विष्णु पौडेल छन् ।उपाध्यक्ष र सचिवका आकांक्षी पनि धेरै भएकाले पदाधिकारी संख्या १९ पुर्‍याउँदा पनि सहमति जुटाउन सकस भइरहेको एक नेताले बताए ।

कमेन्ट गर्नुहोस्