
आषाढ १७ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण यही कारण स्थगित भएको छ ।एन्फा प्रवक्ता किरण राईले प्रशिक्षणअघि गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको बताए ।
‘खेलाडी र अफिसियलसहित २० जनामा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने ।राईले संक्रमण देखिएकाहरुमा पुन: कोरोना परीक्षण गरिएको र बिहीबार नै रिपोर्ट आउने पनि बताए ।कोरोना संक्रमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् ।आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण एक साता पछिलाई सारिएको एन्फाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जनाएको थियो ।साफ च्याम्पियनका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाएका छन् ।
कमेन्ट गर्नुहोस्