लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निषेधाज्ञा तोड्ने ८ जना प्रहरी नियन्त्रणमा

IMG

तिलोत्तमा २०७८ बैशाख १६ गते बिहिबार। निषेधाज्ञा अवज्ञा गर्ने ८ जनालाई प्रहरिले नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यालय बुझाएको छ । निषेधाज्ञाको अवज्ञा गर्ने ७ जनालाइ भैरहवाबाट र १ जनालाइ छपियाबाट नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिएका छन । प्रहरीसंग दुर्ववहार गर्ने र निषेधाज्ञाको अटेर गर्नेलाइ संक्रमण ऐन अनुसार कार्यवाहीको लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको हो । रुपन्देहिका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले निशेधाज्ञा अवज्ञा गर्नेलाइ कार्यवाही गर्ने धेरै ऐनहरु रहेको यश अघि नै बताएका थिए । जिल्लाको अन्य स्थानमा भने अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता थापाले जनाए ।

कमेन्ट गर्नुहोस्