लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार महासंघलाई औषधी व्यबसायी संघले दियो सुरक्षा सामाग्री

IMG

तिलोत्तमा २०७८ बैशाख १५ गते बुधबार। कोभिड–१९ को दोस्रो चरणको लहर बढेसंगै पत्रकारहरुलाई लक्षित गरि नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाले नेपाल पत्रकार महासंघ रुपन्देही शाखामार्फत सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । विहिबार एक समारोहका बिच संघका अध्यक्ष सुरज भट्टराईले महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललाई सुरक्षा सामग्री हस्तान्तरण गर्नुभएको हो । महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलले कोरोना महामारीका बेलामा पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेर संस्थागत सहकार्य गरेकोमा धन्यवाद दिनुभयो ।



संघका अध्यक्ष सुरज भट्टराईले फिल्डमा खटिने क्रियाशिल एक सय जना पत्रकारलाइ पुग्ने गरि ५ हजार थान मास्क र एक सय थान सेनिटाईजर हस्तान्तरण गरिएको उहाँले बताउनु भयो । स्वस्थ्य क्षेत्र संवेदनसिल पेशा भएकाले यसको विषयमा समाचार बनाउदा गम्भीर हुन समेत उहाँले आग्रह गर्नुभयो । उक्त हस्तान्तरणका अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जिसि, औषधी व्यवसायी संघका उपाध्यक्ष खड्क बहादुर बस्नेत, सचिव नारायण थापा लगायको उपस्थिती थियो । पत्रकार महासंघ रुपन्देहीले पहिलो चरणमा प्राप्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने र क्रमश: सबै सदस्यहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउने जनाएको छ ।

कमेन्ट गर्नुहोस्