लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको शान,राष्ट्रिय गीतपछि नगरगान

IMG

तिलोत्तमा २०७८ बैशाख ७ गते मंगलबार। घडीले ९:४५ बज्दा नबज्दै सबै कर्मचारीहरु कर्मचारी पोशाक, बुट र प्रत्यक्ष सहभागिता हुने गरि नगरपालिकाको नव निर्मित भवन अगाडी उभिन्छन। करिव १० बज्न ५ मिनट बाँकी रहदा नै सबै कर्मचारी भेला भैसकेपछि नगरप्रहरिले प्राबिधिक संयोजन गरेको साउण्ड स्पिकरमा लगातार राष्ट्रिय गान र नगर गान बज्छ। अनि सबै आ आफ्ना कार्यकक्ष तर्फ लाग्छन। यो दृश्य हो रुपन्देहीको तिलोत्तमा नगरपालिकाको। नेपालमै उत्कृस्ट बनेको यो नगरमा विभिन्न अभियान संगै राष्ट्रिय गान र नगर गानको मिठो अभ्यास छ। 


राष्ट्रिय गान सामान्यतया देशभक्तिले भरिपूर्ण गीत हो। जसले इतिहास , संस्कृति र जनताको सङ्घर्षलाई बयान गर्छ र त्यस देशको सरकारले आधिकारिक मान्यता दिएर अथवा जनमानसवीचको चलनचल्तिले प्रमुख राष्ट्रिय गीतको रूप लिएको हुन्छ। तर तिलोत्तमा नगरमा मुलुकमा पहिलो पटक आफ्नै नगर गान निकालेपछि अहिले कार्यालय शुरु हुनु भन्दा अगाडीको समयमा दुई वटा गान गाइन्छ– एउटा राष्ट्रिय गान, अर्काे नगरको आफ्नै गान । नगरपालिकाले आफ्नो नगर भित्रका सबै क्षेत्रमा नगर गीत गाउन निर्देशन दिएको छ । 


कमेन्ट गर्नुहोस्