
तिलोत्तमा २०७७ चैत्र ३१। बटिका महिला समाजिक उद्यमी सहकारी संस्था लि को नयाँ वर्ष २०७८सालको शुभकामना साथै क्यालेण्डर विमोचन साथै सम्मान कार्यक्रम सम्पन्न भएको छ।छोटो समयमा नाम का साथै काममा आफ्नो सियर सदस्यहरुको लागि सेवा गर्दै आएको यस सहकारीले विगत देखि विभिन्न खालका सिपमुलक तालिमहरु सदस्यलाई गराउदै आएको छ। यसै अबसरमा सहकारीका वरिष्ठ सल्लाहकार श्री मिना पाण्डे (पन्थ) ले क्यालेण्डर विमोचन गर्दै सहकारीको प्रसम्सा गर्नु भयो ।पाण्डेले सहकारी सिद्धान्तहरुका आधारमा सदस्यहरुमा छरिएर रहेको श्रोत र साधनलाई एकीकृत गरी सहकारी पद्धतिमा आधारित उद्योग व्यवसायको स्थापना गरी आर्थिक रुपले पछि परेका व्यक्तिहरुलाई सहकारीको माध्यमबाट उद्यमी बनाउने पर्ने बताउनु भयो।
यसै अबसरमा हालै मात्र सम्पन्न नेपाल पत्रकार महासंघ रुपन्देहीको निर्वाचन मा कार्य समिति सदस्यमा विजय हुनुभएका सहकारी का अध्यक्ष हरिकला अधिकारी (कमला)शकर नगर सामुदायिक वनमा सदस्य पद मा यस सहकारी का उपाध्यक्ष राधा खरेल र सचिव पदमा निर्वाचित सहकारी को ऋण समितिका सदस्य कालिका अधिकारी लाई सम्मान गरिएको थियो ।सो अबसरमा बोल्दै अध्यक्ष हरिकला अधिकारी ( कमला) ले यस बाटिका उद्यमी सहकारी संस्था ली.ले सहकारीका मूल्य, मान्यता र सिद्धान्तका आधारमा सदस्यहरुलाई समाजमा रहेको स्रोत र साधनको उच्चतम प्रयोग गरि उनिहरुलाई उद्यमशिलता मार्फत आर्थिक सामाजिक तथा सांस्कृतिक विकासको महत्वपूर्ण माध्यम बनाउने र गरिवी निवारण, रोजगारी सिर्जना, सकारात्मक श्रम सम्बन्ध, समावेशी समाजको निर्माण, उद्यमशिलताको विकास र स्वस्छ र प्रतिस्पर्धि व्यवसायिक वातावरणको सिर्जनाको लागि महिला सदस्यहरु एकतावद्ध भई संचालित सहकारीको रुपमा स्थापित बनाउने अठोट लिएको बताउनु भयो ।कार्यक्रम मा उपाध्यक्ष राधा खरेल ,कोषाध्यक्ष रिता पंज्ञानी,सचिव शुभद्रा भट्टराई सदस्यहरु लक्ष्मी वन्जाडे ,शान्ता भट्टराई ,सुस्मा हमाल,गिता पाण्डे,डिल कुमरि शाह मल्ल,कल्पना भट्टराई लगाएतले शुभकामना दिनु भएको थियो।
कमेन्ट गर्नुहोस्