लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानसम्पादक ज्ञवालीलाई २५ हजार राशीको आर्थिक पत्रकारिता पुरस्कार

IMG

नागरिक अनलाइनका प्रधानसम्पादक कपिल ज्ञवाली आर्थिक पत्रकारिता पुरस्कार-२०७७ बाट सम्मानित भएका छन् ।  बुटवल उद्योग वाणिज्य संघले हरेक वर्ष प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार यसबर्ष ज्ञवालीलाई प्रदान गरिएको हाे ।संघले ६७औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशन को अवसरमा सोमबार उनलाई सम्मान गरेको हो । रुपन्देहीको आर्थिक,सामाजिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको उच्चमुल्यांकन गर्दै उद्योग वाणिज्य संघले  २५ हजार १ रुपैँया नगद राशी सहित ज्ञवालीलाइ सम्मान गरेको हो ।


उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले सम्मान पत्र,नगद राशी र दोसल्लाले सम्मान गरेका हुन् ।  सम्पादक ज्ञवाली डेढ दशकदेखि पत्रकरितामा क्रियाशील छन् ।ज्ञवाली बुटवलको बुद्ध सामुदायिक टेलिभिजनका समाचार संयाेजक तथा अनलाइनखबरका बुटवल रिपाेर्टर समेत हुन् । त्यसैगरी संस्थागततर्फ बुटवल टुडे राष्ट्रिय दैनिक सम्मानित भएको छ। 

कमेन्ट गर्नुहोस्