लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाकी बलात्कृत बालिकालाई सहयोग प्रदान

IMG

तिलोत्तमा सिटी  ,२०७७ फाल्गुन ७। महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको बालरोग कक्षमा उपचारारत बलात्कृत बालिकाको उपचारका लागि सहयोग रकम प्रदान गरिएको छ । गत माघ १ गते रुपन्देहीको तिलोत्तमा–१५ की ५ वर्षीया बालिका बलात्कृत भएकी बालिकाको समाचार विभिन्न संचार माध्यममा प्रकाशित भएपछि नर्वेमा बस्दै आएकी सरला कट्टेलको पहलमा नेपाली ३६ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो ।


पारिवारिक अवस्था कमजोर भएकाले उनको उपचारका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । करिब एक महिनाभन्दा बढी उपचारपछि बालिकाको अवस्था सामान्य बन्दै गएको पीडित बालिकाका पिताले बताए । प्रहरीले उनीमाथि बलात्कार गरेको आरोपमा २८ बर्षिय होमबहादुर बिकलाई पक्राउ गरेको छ । 

कमेन्ट गर्नुहोस्