
तिलोत्तमा, २०७७ माघ २८ गते। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समसामायिक शान्तिसुरक्षाको अवस्था, नेपाल सरकारबाट घोषणा भएको अगामी निर्वाचन सुरक्षा व्यवस्थापन, प्रतिबन्धित विप्लव समुहबाट हुन सक्ने संभावित जोखिम न्युनिकरणसम्बन्धि छलफल तथा कार्ययोजना प्रस्तुत भएको थियो।
प्रदेश भित्र हुने अपराध अनुसन्धान तथा नियन्त्रणका लागी सुचना आदान-प्रदान एवंम समन्वयात्मक भुमिकाको बारेमा समेत छलफल तथा अन्तरक्रिया भएको सो कार्यक्रम मा विभिन्न सुरक्षा दलका प्रमुख तथा प्रतिनिधि हरुको उपस्थिति रहेको थियो। कार्यक्रममा मध्ये पश्चिम पृतना हेडक्वाटर, बुटवलका पृतनापति उपरथी संजय थापा तथा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुक, बिन्दबासनी वाहिनी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान लुम्बिनी प्रदेशका अनुसन्धान निर्देशक सुनिल कुमार ढकाल लगायत नं. १९ र नं. २२ बाहिनीका नि. बाहिनीपतिहरु समेत उपस्थिती रहेको थियो।
कमेन्ट गर्नुहोस्