लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डीएसपी ढुंगेलको पक्षमा सर्वोच्चको आदेश

IMG

२३ माघ, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ ।जिल्ला अदालत, काठमाडौं फैसला उल्ट्याउँदै उच्च अदालत, ललितपुरले ढुंगेललाई एक लाख रुपैयाँ धरौटी माग्ने फैसला गरेको थियो । तर, त्यसविरुद्ध परेको पुनरावेदनको निवेदनमाथि सुनवाइ गर्दै सर्वोच्चले उच्च अदालतको फैसला उल्ट्याइदिएको हो ।


शुक्रबार न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको इजलासले साधारण तारेखमा छाड्ने जिल्ला अदालत, काठमाडौंकै फैसलालाई सदर गरिदिएको हो ।काठमाडौंको लोकेन्द्र शेरचन्दको घरमा भएको लुटपाटमा संलग्न देखिएपछि पक्राउ परेका विक्रम श्रेष्ठसँग सम्पर्क देखिएको भन्दै उनलाई कारबाही गर्न तत्कालीन अपराध महाशाखाको टोलीले सिफारिस गरेको थियो ।


गृहले उनलाई निलम्बन गरे पनि ढुंगेलविरुद्ध बलियो प्रमाण भेटिएको थिएन ।अपराध अनुसन्धानमा पोख्त मानिने ढुंगेलले अन्य अपराध अनुसन्धानको सिलसिलामा पहिल्यैदेखि श्रेष्ठलाई चिनेको बताउँदै घटनाबारे आफूलाई थाहा नभएको बताएका थिए । अनुसन्धान अधिकृतबीच रहेको टकरावका कारण उनलाई शिकार बनाइएको प्रहरी वृत्तमा चर्चा हुने गरेको थियो ।

कमेन्ट गर्नुहोस्