
१८ माघ, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको छ । लु १ ख ३०५५ नं को माइक्रोबसले लु २० प ९३१० नं को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक तिलोत्तमा १० का ५६ वर्षिय मिनबहादुर थापा घाइते भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । शंकरनगरस्थित बनबाटिका आइरहेको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । माइक्रोबस र चालकलाई नियण्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्