लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिका र भूमि समस्या समाधान सम्बन्धी कार्यसम्झौता

IMG

तिलोत्तमा, २०७७ मंसिर २९।भूमि सम्बन्धी समस्या समाधान आयोग र तिलोत्तमा नगरपालिका बीच भूमि समस्या समाधान सम्बन्धी कार्यसम्झौता भएको छ । बुटवलमा आयोजित कार्यक्रममा तिलोत्तमा सहित लुम्बिनी प्रदेशका ३३ स्थानीय तहसँग कार्यसम्झौता भएको हो । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, आयोगका अध्यक्ष देवी ज्ञवाली, लुम्बिनी प्रदेश सभाका सदस्यहरुको उपस्थितिमा भएको कार्यक्रममा तिलोत्तमाको तर्फबाट नगरप्रमुख बासुदेव घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्य, शाखा अधिकृत माधव पोखरेलको सहभागिता थियो । सम्झौतासँगै अब नगरपालिकामा लगत संकलन इकाई स्थापना गरी काम अघि बढ्नेछ । लागत संकलन पछि भूमिहीन हरुले भूमिको अधिकार सुनिश्चित हुने नगरप्रमुख बासुदेव घिमिरेले बताए। 

कमेन्ट गर्नुहोस्