
मङ्सिर २४,२०७७ तिलोत्तमा। नेपाल सरकार र स्वीस सरकार बिच भएको द्वीपक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्व तथा हेल्भेटास नेपालको प्राबिधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) र बित्तीय साक्षरता कार्यक्रम तिलोत्तमाको वार्ड नम्बर १६ बात शुरु भएको छ। डिप्रोक्स नेपालको साझेदार रहेको सो कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा न. १६ का कार्यवाहक वडा अध्यक्ष हुम बहादुर गाहाको अध्यक्षतामा सप्पन्न भएको थियो।
युवा स्वरोजगार तथा बैदेशिक रोजगारबाट आएका या जान लागेका युवा युवती र तिनीहरुका परिवारलाई दीइएको सो अभिमुखीकरण कार्यक्रममा तिलोत्तमा नगरपालिका सामाजिक विकास शखाका वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले युवाहरुमा बित्तिय साक्षरता सम्बन्धि युवाहरुमा सचेतनाका बारेमा जानकारी दिनुभएको थियो। सुरक्षित आप्रवासन परियोजना (सामी) रुपन्देही जिल्ला कार्यक्रम संयोजक सीता पन्थ भण्डारीले सो बिषय बस्तुका बारेमा बोल्दै सबै सहभागीहरुमा अब बित्तिय साक्षरता जरुरि भएको र तिनीहरुलाई मनोसामाजिक परामर्श आवश्यक रहेकोले युवाहरु बैदेशिक रोजगारमा जानु अघि र आएपछि यस्ता सचेतनाले निकै महत्वपूर्ण योगदान गर्ने बताउनुभयो। सस्थाकी मनोसामाजिक परामर्शदाता शकुन्तला तिवारीको संचालनमा शुरु भएको सो कार्यक्रममा सस्थाकी सामाजिक परिचालक सृजना भट्टराई , वडा नम्बर १६ का वडा सचिव, वडा सदस्यहरु र वैदेशिक रोजगारीमा रहेका घर परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्