
२० मंसिर, तिलोत्तमा । लैंगिक हिँसा बिरुद्ध १६ दिने अभियानको क्रममा अपाङ्गता दिवसको सन्दर्भमा १ दिने अपाङ्गता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जनप्रतिनिधि र अपाङ्गता परिचयपत्र वितरण नगरस्तरीय समितिका सदस्य साथै कर्मचारीको बिचमा सो अभिमुखीकरण सम्पन्न भएको हो।
तिलोत्तमा नगरपालिकाकी कार्यबाहक नगरप्रमुख जागेश्वर देवी चौधरीको अध्यक्षतामा सम्पन्न सो अभिमुखीकरणमा डा राजीव केसी र सावित्रा घिमिरेले अपाङ्गता परिचयपत्र सम्बन्धि धारणा, वितरण प्रक्रिया या पहिचान सम्बन्धि सहजीकरण गर्नुभएको थियो। अपाङ्गता भएका व्यक्तिलाई कसरि पहिचान गरेर परिचयपत्र दिने , वार्ड कार्यालयहरुबाट कसरि सहजीकरण गर्ने भन्ने बारेमा वार्ड अध्यक्ष लगायत बिद्यालयका प्रधानाध्यापक, प्रहरी र कर्मचारीमा जानकारी गराइएको थियो। सो अवसरमा तिलोत्तमा नगरका सबै वार्ड अध्यक्षहरुले परिचयपत्र सम्बन्धि जिज्ञासा राखेका थिए। कार्यक्रममा अपाङ्गता भएकै आधारमा गरिने होच्याई र अबहेलानालाई समाजबाट हटाउन पर्ने र सो कार्यका लागि समाजका अगुवा देखि सबै एकजुट हुनुपर्ने बक्ताहरुको भनाइ थियो।
कार्यक्रममा बोल्दै सहजकर्ता सावित्री घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई दया माया भन्दा अवसरको खाचो भएकाले आफ्नो सिपमा बाचेर केहि गर्न सक्ने अपाङ्गता भएका ब्य्कतिलाई समाजले प्रेरणाको रुपमा लिई अवसर दिनुपर्ने बताउनुभयो। सो कार्यक्रममा बोल्दै डा राजिव केसीले घटना या दुर्घटनामा परेर हुने अपान्ग्गता या जन्मजात हुने अपाङ्गता भएका हरुका लागि अस्पतालका सेवाहरुमा पनि छुट्टै सुबिधा भएकाले सो सुबिधा लिन परिचयपत्र अनिबार्य रहेको बताउनुभयो।
कार्यक्रमको समापन गर्दै तिलोत्तमा नगरपालिकाकी कार्यबाहक नगरप्रमुख जागेश्वर देवी चौधरीले अपाङ्गता चाहेर नहुने हुनाले त्यस्ता व्यक्तिको सहि पहिचान गरि उनीहरुले सक्ने सिप युक्त कार्यलाई बढावा दिएर आत्मनिर्भर बनाउन सबै कम्मर कसेर लाग्नु पर्ने बताउनुभयो। उहाले अपाङ्गता भएकै कारणले अबहेलना गर्ने छि छि दुर दुर गर्ने जस्ता घिर्णित कार्य नगर्न सबैलाई आग्रह समेत गर्नुभयो। नगरपालिका सदैब अपांगता भएका व्यक्तिका लागि सहयोगी भएकाले अपाङ्गता भएका व्यक्ति कुनै सुविधाबाट बन्चित नहुने बताउनुभयो। कार्यक्रममा तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ काअध्यक्ष सुखदेव न्यौपाने ,५ का चेतनारायण भण्डारी, महिला तथा बालबालिका शाखा प्रमुख सम्झना भण्डारी, सामाजीक बिकाश शाखा प्रमुख बिनोद ज्ञवाली, अल्पा घिमिरे, स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेल, संचारकर्मी टिकाराम घिमिरे, शिक्षक टंकप्रसाद पौडेल, इलाका प्रहरी कार्यकाया मंगलपुरका कालिचरण चौधरी,परिचय पत्र समितिका सदस्य प्रकाश न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्