लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

३५ हजार घुसहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ

IMG

१९ मंसिर, तिलोत्तमा । सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ हजार घुससहित कपिलवस्तुमा पक्राउ परेका छन् ।सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट, कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कृष्णनगर नगरपालिका वडा नं.२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट गुरुङलाई घुस रकम लिइरहेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको हो ।


घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भुसालले बताए ।

कमेन्ट गर्नुहोस्