
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल उपमहानगरको मुख्य सडक अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पताल अगाडी गुडीरहेको ट्रेलरले स्कुटरलाई ठक्कर दिदा एक जनाको मत्यु भएको छ ।ट्रेलरको ठक्करबाट बुटवल सुख्खानगरका ४९ बर्षीय भरत शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।एकै दिशामा गुडिरहेको लु ४९ प २५२ नम्बरको स्कूटरलाई ना ७ ख १३३९ नम्बरको ट्रेलरले पछाडीबाट ठक्कर दिदा दुघर्टनामा थियो । ठक्करबाट लडेका स्कुटी चालकलाई पुन अर्को टङेक्टरले ठक्कर दिदा स्कूटी चालक शर्माको घटना स्थलमा नै मृत्यु भएको ईलाकार प्रहरी कार्यालय बुटवलले जनाएको छ ।ट्रेलर चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्