लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा वडा नं. १ को भवन शिलन्यास

IMG

तिलोत्तमा नगरपालिका वडा नं. १ वडा कार्यालय भवनको आज शिलन्यास गरिएको छ । ड्राईभरटोलमा निर्माण हुन थालेको भवनको नगरप्रमुख बासुदेव घिमिरेले शिलन्यास गर्नुभयो। ७९ लाख लागत रहेको भवनको निर्माण कार्य एक वर्षमा पूरा हुने वडाध्यक्ष तामनाथ पाण्डेले बताउनुभयो । शिलन्यास कार्यक्रम नगर उपप्रमुख जगेश्वरदेवी चौधरी, नेकपाका नगर अध्यक्ष मोहन चापागाई, नेपाली काङ्ग्रेसका नेता माधवलाल देबकोटा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता, वडाध्यक्षसहितका जनप्रतिनिधि, बुद्धिजीवी, टोल बिकास संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको हो ।

कमेन्ट गर्नुहोस्