लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वडा नं. ९ को दक्षिणटोलमा पनि आधारभूत स्वास्थ्य केन्द्र

IMG

तिलोत्तमा नगरपालिका वडा नं. ९ मा पनि सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएको छ । आजबाट वडा नं. ९ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै तिलोत्तमा नगरपालिकामा सरकारी स्वास्थ्य संस्थाको संख्या १५ पुगेको छ ।  


वडा नं. ९ को दक्षिणटोलमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले उद्घाटन गर्नुभयो । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामले तीव्रता पाएको हो । स्वास्थ्य केन्द्रको आफ्नै सुविधासम्पन्न भवनहरु पनि निर्माण भैरहेको छ ।

कमेन्ट गर्नुहोस्