
२४ कात्तिक, बुटवल । रुपन्देहीमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैना ननगरपालिकाकी ५६ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला १९ गते भीम अस्पतालमा भर्ना भएकी थिइन् ।उनको सघन उपचार कक्षमा उपचारका क्रममा सोमबार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले जानकारी दिए ।
त्यस्तै रुपन्देहीको बुटवलमा अर्का एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१७ निवासी ४५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान ६ बजे लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि शनिबार अस्पताल भर्ना भएका उनलाई शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक कलेजो र मिर्गौला रोगबाट पीडितसमेत भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।सोमबार बिहानै रुपन्देहीको सैनामैनाकी एक ५६ वर्षीया कोरोना संक्रमित महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको थियो ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८७ र लुम्बिनी प्रदेशमा २०६ पुगेको छ ।
कमेन्ट गर्नुहोस्