लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख १० लाख घुससहित पक्राउ

tillotmacitynews - 2020 Nov 05 07:35 PM
IMG

विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाल घुस रकमसहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर जैसवाललाई मकवानपुरको हेटौंडाबाट घुस रकमसहित प्रक्राउ गरेको हो।जैसवालले प्रशारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा हेटौंडा–१० बसपार्क मेगा होटलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।इन्जिनियर जैसवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

कमेन्ट गर्नुहोस्