लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिहेबाट फर्किँदै गरेका युवकमाथि सांघातिक आक्रमण, बायाँ खुट्टा छिनालियो

IMG

११ कात्तिक, घोराही । दाङको तुलसीपुरमा एक युवक हात–खुट्टा काटिएको अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का ४५ वर्षीय कुमार विक तुलसीपुर उपमहानगरपालिका–१२ गोलौरी भन्ने स्थानमा गम्भीर घाइते अवस्थामा फेला परेका हुन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार विकको बायाँ खुट्टा काटेर छिनालिएको छ । उनका दुवै हातमा पनि धारिलो हतियारले काटेको घाउ छ ।


अत्यधिक रक्तस्राव भएका कारण विकको अवस्था चिन्ताजनक छ ।प्रहरीले गएराति १० बजेतिर उनलाई उद्धार गरेर अस्पताल पु¥याएको डिएसपी सिंहले जानकारी दिए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गरी विकलाई थप उपचार गर्न गएराति नै बाँके रिफर गरिएको छ ।विक गोलौरीमा भान्जाको बिहे खान भनि गएका थिए । नवलपुरस्थित आफ्नो घर फर्किँदै गर्दा उनीमाथि पढ्ढा र गोलौरी बिचको सुनसान स्थानमा अज्ञात समूहले आक्रमण गरेको र आक्रमणकारीको खोजी भइरहेको तुलसीपुर प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्