लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सोमबार दुर्घटनामा घाइते भएकाको अवस्थामा सुधार,एकको मृत्यु

IMG

तिलोत्तमा, ५ कात्तिक । गत सोमबार रुपन्देहिको तिलोत्तमा नगरपालिका स्थित ड्राइभरटोलमा भएको दुर्घटनामा परि घाइते भएका ३ जना मध्ये १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। तिलोत्तमा न.पा.-१ डाईभरटोल स्थित लु ५४ प ४७१७ नं. को स्कुटि र सोही दिशाबाट आई रहेको लु ३३ प ४९४७ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खादा स्कुटि चालक तिलोत्तमा न.पा.-५ नयामिल बस्ने ५६ बर्षीय सुभाष भण्डारी घाइते भएका छन् भने मोटरसाइकल चालक गुल्मी छत्रकोट घर भई हाल तिलोत्तमा न.पा. -५ बस्ने २७ वर्षका सरोज पन्त घाइते भएका थिए भने मोटरसाइकलमा सवार सिद्दार्थ न.पा. ३ बस्ने बर्ष २८ को सुदिप घिमिरेको सोहि दिन राती उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  


 घाईते भण्डारी र पन्तको हाल क्रिमशन अस्पताल मणिग्राम रुपन्देहीमा उपचार भई रहेको छ।  भण्डारीको दुर्घटनामा परि करंग र काधको  हाड भाचिएको छ भने अर्का घाइते पन्त सामान्य अवस्थामा रहेका छन्।  घटना के कसरि भयो भन्ने बारेमा वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । घाइते दुबैको अवस्थामा सुधार भैरहेको पारिवारिक स्रोतले बताएको छ।  

कमेन्ट गर्नुहोस्