
तिलोत्तमा,२०७७ कार्तिक ५। युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेस, भैरहवाले पिसिआर परीक्षणको लागि अनुमति पाएको छ । मेडिकल कलेजले यस अघि नै पिसिआर परीक्षण गर्न लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशालासँग माग गरेको थियो ।राष्ट्रिय जनस्वास्थ्य कार्यालयका प्रमुख कन्सल्ट्यान्ट प्याथोजिष्ट डा. मुकुन्दा शर्माले स्थलगत निरीक्षण गर्दा मेडिकल कलेजले मापदण्ड पुरा गरेकाले पिसिआर परीक्षणका लागि अनुमति दिएको बताइन् ।
मेडिकल कजेलका सूचना अधिकार शुशिल गुरुङ्गले नेपाल सरकारले निर्धारण गरेको २ हजारमा कोरोना परीक्षण गर्ने बताए ।‘भर्खरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति पत्र प्राप्त भएको छ । अव भोलीदेखि नै निरन्तर रुपमा कोरोना परीक्षण हुन्छ ।’–उनले भने ।
कमेन्ट गर्नुहोस्