
बुटवल,कार्तिक ४- बुटवल कोरोना बिशेष अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ५:१० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले नागरिक अनलाइनलाइ जानकारी दिए । हिजो कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाइ हिजो नै आईसीयू राखेर उपचार गरीएको थियो । ती महिला डाइबेटिज रोगबाट पिडित रहेकी थिइन् ।
कमेन्ट गर्नुहोस्