लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको सैनामैनामा वन कार्यालयका कर्मचारी घुससहित पक्राउ

tillotmacitynews - 2020 Oct 17 09:01 AM
IMG

२०७७ कार्तिक १ बुटवल । रुपन्देहीको सब डिभिजन वन कार्यालय मुर्गियाका कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । कार्यालयका वन रक्षक प्रेमचन्द्र विकले काठ ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस रकम लिइरहेका बेला शनिबार रङ्गे हात पक्राउ परेका हुन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोक बुटवल कार्यालयको टोलीले बिकलाई १२ हजार घुस रकमसहित पक्राउ गरेको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी गराएका छन् । रुपन्देहीको सैनामैना–६ कलौनी चोकबाट आज विहान ८.५० को समयमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्