
कोरोना भाइरस संक्रमण पुष्टि भएपश्चात् कुनै पनि व्यक्ति आइसोलेसनमा नबसे संक्रमण ऐनअनुसार कारबाही गर्न स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई परिपत्र गरेको छ ।केही व्यक्तिमा कोरोना पोजिटिभ आएपछि आइसोलेसनमा नबसेको पाइएको भन्दै आइसोलेनामा नबसे कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।आइसोलेनमा नबसेको पाइएमा संक्रमण ऐनअनुसार ६ महिना जेल सजाय हुने व्यवस्था छ । पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरू आइसोलेसनमा नबसेको पाइए घरपरिवार, छरछिमेकले समेत अनुगमन गरी खबर गर्न प्रवक्ता गौतमले आग्रह गरे ।स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण गर्न दिएका सबै व्यक्तिलाई रिपोर्ट नआउँदासम्म घरमा क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
कमेन्ट गर्नुहोस्