
काठमाडौं । रोल्पामा अनाहकमा ४ जना बालबालिकाको ज्यान गएको घट्नाप्रति महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दुस्ख प्रकट गर्नुभएको छ ।
उक्त घट्नाको उचित छानवीन गरी उचित निर्णय लिन सरकारले पहल लिने पनि उहाँले जनाउनुभएको छ ।
रोल्पामा बिहीबार साँझ बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको थियो ।
त्रिवेणी गाउँपालिका वडानम्बर ७ स्थित गैरीगाउँ भन्ने स्थानमा बम विस्फोट भएको हो ।
बम विस्फोटबाट १४ वर्षीय लोतीराम डाँगी, ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री र १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको थियो ।
बाख्रा चराउन गएका बेला उनीहरुले बम फेला पारेर चलाउँदा विस्फोट भएको थियो ।
कमेन्ट गर्नुहोस्