लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कक्रोच पार्टीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा, जन्तरमन्तरमा प्रहरी तैनाथी बढाइयो

IMG

नयाँदिल्ली । कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनअघि दिल्ली प्रहरीले जन्तरमन्तर र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।भारतीय समाचार एजेन्सी एएनआईले सार्वजनिक गरेका तस्बिरमा ठूलो संख्यामा प्रहरी, सुरक्षाकर्मी र प्रहरी भ्यान तैनाथ गरिएको देखिन्छ ।सीजेपीको नेतृत्वमा हुन लागेको प्रदर्शनका लागि अनुमति नदिइए पनि पार्टीका नेताहरूले जन्तरमन्तर पुग्ने बताएका छन् ।पार्टीका सहसंयोजक आशुतोष रांकाले शुक्रबार राति सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनकारीलाई सम्बोधन गर्दै आफूहरूले इतिहास रच्ने बताएका थिए ।


उनले लेखेका छन्, ‘प्रिय कक्रोचहरू ! हामीले अहिलेसम्म तय गरेको लामो यात्रा देखेर मलाई गर्व छ । जे भए पनि हामी इतिहास रच्नेछौँ ।’उनले प्रदर्शनका क्रममा संविधान हातमा र हृदयमा गान्धीको विचार राख्न आग्रह गर्दै कुनै पनि परिस्थितिमा हिंसामा नउत्रिन अपिल गरेका छन् ।साथै उनले ‘भारत माताको जय’ भन्दै आफ्नो सन्देश टुंग्याएका छन् ।सीजेपीका संस्थापक अभिजीत दीपके, सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक–राजनीतिक अभियन्ता योगेन्द्र यादव, आइसा अध्यक्ष नेहा बोरा र चर्चित युट्युबर ध्रुव राठीले पनि प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरेका छन् ।

कमेन्ट गर्नुहोस्